काठमाडौं । नेपाली कांग्रेसले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्।
उनले पछिल्लो समय नेपाली राजनीतिमा उत्तेजक अभिव्यक्ति र ब्यवहारको शृङ्खला नै चलेको बताएका छन् । शर्माले संयमपूर्वक समाधान पहिल्याउन र नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गरे ।









