हेटौँडा । प्रहरीले नेकपा प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री लाई पक्राउ गरेको विरोधमा हेटौँडाको बुद्धचोकमा प्रर्दशन भएको छ।नेकपा प्रचण्ड–नेपाल समूहका विद्यार्थी तथा युवा नेता कार्यकर्ताहरुले नेतृ रामकुमारी झाँक्री रिहाईको माग गर्दै बुद्धचोकमा प्रदर्शन गरेका हुन।
गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार समूहकी नेतृ झाँक्रीको निजि निवास शंमखुलबाट पक्राउ गरेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ मा रहेको राज्यविरुद्धको कसुर अन्तर्गतको दफा ५८ बमोजिम पक्राउ गरेको हो।








