• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

संम्बेदनशिलतालाई मनन गर्दै समाचार सम्प्रेशण गर्न पत्रकारहरुलाई आग्रह:अध्यक्ष तिमिल्सिना

  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संम्बेदनशिलतालाई मनन गर्दै समाचार सम्प्रेशण गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । नारायणी टुडे मासिकको २० औं बार्षिकोत्सब समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै समाचार जस्ताको तस्तै दिनुपर्ने बताउनु भयो । सम्पादकीय पत्रिका एबं सञ्चार माध्यमको हक भएको भन्दै उहाँले भन्नुभयो “उसले आफ्नो दृष्ट्रिकोण सम्पादकीयमा राख्ने हो । न्यूज त जस्ताको तस्तै दिनु प¥यो नी ।

    ” बोल्दै नबोलेका कुरालाई शिर्षक वनाएर समाचार सम्प्रेसण गर्ने गरेको भन्दै उहाँले थप्नुभयो “भ्यूअर्स वढाउन भन्दै बोल्दै नबोलेको कुरा लेख्न पाइन्छ ?” यस्तालाई कस्ले नियमन गर्ने भन्दै उहाँले कतिपय यस्ता सम्बेदनशिल कुरा हुन्छ जसको पछि जती खण्डन गरे पनि क्षतीपूर्ती हुँदैन भन्नुभयो । सञ्चार माध्यमहरु प्रतिको गुनासो कडाइका साथ राख्दै उहाँले दोहो¥याउनु भयो “आएको समाचार त जस्ताको तस्तै छापिदिनु प¥यो । दृष्ट्रिकोण राख्ने कुरा छुट्टै हो ।

    ” भन्दै नभनेका कुरालाई पनि भन्यो भनेर समाचार आउने गरेको भन्दै उहाँले बिचका कुराहरु हटाएर अर्को अर्थ लाग्ने गरि समाचार आएको पनि गुनासो गर्नुभयो । उहाँले यस्ता बिषयमा नेपाल पत्रकार महासंघ र पत्रकारसंग सम्बन्धित संघ संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले आँफु सम्बैधानीक परिषदको वैठकमा गएर निर्णय गर्ने प्रकृया प्रति गरिएको टिप्पणीको खण्डन गर्नु भयो । उहाँले भन्नुभयो “अध्यादेश कानुन सरह हो । राष्ट्रिय सभाको अध्यक्षले कानुन मान्दैन अनि संबिधान मान्दीन भनेर हिड्न मिल्छ ।

    ” जोड दिदै उहाँले थप्नुभयो “के पाउनु भएको छ । त्यस्तो चाहनु भएको छ भने म बाट त्यस्तो पाउनु हुँदैन । म संबिधान मान्छु । ऐन मान्छु ।” अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री जो भए पनि संम्बैधानीक परिषदको बैठकमा आँफु सहभागी हुने बताउनुभयो । आँफु तीन वटा कुरामा अडिग रहेको भन्दै नयाँ प्रधानमन्त्री वनेको अबस्थामा पनि अहिलेका प्रधानमन्त्रीले जानु भने जाने र नजानु भने सम्बैधानीक परिषदको वैठकमा नजाने काम आँफुबाट नहुने स्पष्ट पार्नुभयो । नयाँ प्रधानमन्त्रीहरुले ल्याउने बिधेयक राष्ट्रिय सभामा थन्क्याएर राख्ने काम र सम्बैधानीक परिषद बहिस्कार गर्ने काम आँफुबाट हुन नसक्ने बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य बिजय सुवेदी, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि, नेपाली काङ्ग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता राम न्यौपाने, नारायण आचार्य, भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, समाजसेवी नारायण सिंह कुवर, साहित्यकार डिआर पोख्रेल, अधिबक्ता जग्गनाथ भण्डारी, महिला अधिकार कर्मी मञ्जु खाँड लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    सो अबसरमा नारायणी टुडेमा कार्यरत पत्रकार रमिल पन्त पौडेललाई रु १ लाख १ हजार नगद सहित सम्मान गरिएको थियो । यसै गरि नेपालमा खाने परिकार तासको जन्मदाता भन्दै भेटघाट रेष्टूरेन्ट नारायणगढका संञ्चालक गोबिन्द तिवारी र काया व्यूटि शैलुन एकेडेमीका सञ्चालक सितादेवी सापकोटालाई सम्मान गरिएको थियो ।

    पत्रिकाका प्रकाशक एबं सम्पादक बिरेन्द्रमणी पौडेलले गत वर्षहरुमा बिदेशी भूमिमा बार्षिकोत्सब मनाएको भए पनि यस वर्ष कोरोनाका कारण यही बार्षिकोत्सब मनाएको बताउनुभयो । नारायणी टुडे मासिक बिगत २० वर्ष देखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.