काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य इस्लाम हवारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।
उनी नेकपा नेता प्रभु साहमार्फत पार्टीमा प्रवेश गरेका हुन् । यसअघि जसपाका अर्का केन्द्रीय सदस्य डा. शिवजी यादव पनि नेकपामा प्रवेश गरेका थिए ।








