काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।








