• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरले विकासको गति लिंदै

  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासले गति लिंदै आएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजनाहरु निर्माण हुन थालेपछि विकासले गति लिएको हो । महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारका आयोजनाहरु यहाँ सञ्चालनमा आएसँगै विकासले गति लिएको हो ।

    महानगरपालिकको अगुवाईमा प्रदेश र संघीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजनाहरु अघि बढेका हुन् । भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजना रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ ६ लेन सडक, नारायणी नदी किनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड, लिङ्क रोडको काम धमाधम भईरहेको छ ।

    यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्ती जस्ता परियोजना सञ्चालनको तयारीमा रहेका छन् । महानगर प्रमुख रेनु दाहालका अनुसार क्रिकेट रंगशालाका लागि महानगरकै पहलमा जग्गा खोजी गरी काम तीब्र गतिमा अघि बढिरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको काम अघि बढाएको हो । यस परियोजना सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय स्तरका खेल यहाँ हुनेछन् । जुन नेपालको महत्वपूर्ण परियोजना मध्येको एक बन्ने दाहालको भनाई छ ।

    यो आयोजनाको निर्माणको काम रातदिन भईरहेको छ । भरतपुर महानगरपालिकाको वडा नं. १ र ३ को नारायणी नदी किनारालाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने गरी काम अगाडि बढाईएको छ । दाहालका अनुसार गत आर्थिक वर्षमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको थियो । यस आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब रु. ७ करोडको बोलपत्र आह्वान भइसकेको छ ।

    यससँगै यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । यस्तै भरतपुर महानगरपालिका वडा नं. ११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने काम धमाधम भईरहेको छ । उक्त ठाउँमा पानी पोखरी, मन्दिर, पार्क लगायतका संरचना बन्नेछन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्न लागिएको प्रमुख दाहालले बताउनुभयो ।

    वाईपास सडक किनारमा सिटीहल निर्माणको काम धमाधम भईरहेको छ । संघीय सरकारको रू. ७७ करोड ७७ लाख बजेटमा सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य भईरहेको हो । महानगरकै पहलमा जिल्ला समन्वय समितिको जमिन महानगरको नाममा ल्याएर कार्य अगाडि बढाईएको दाहालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “हाम्रो तेस्रो प्रयासपछि महत्वपूर्ण आयोजना अघि बढेको छ । यसले सिंगो चितवनको विकासमा टेवा पुग्नेछ ।” सँगैरहेको वाईपास सडक पनि विस्तारको काम भईरहेको छ । भरतपुर महानगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गलाई आकर्षक ६ लेन सडक बनाईदै छ ।नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म सडक विस्तार गर्न रु १ अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य भईरहेको छ । आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुने दाहालको भनाई छ ।

    भरतपुर महानगरपालिका हुँदै जिल्लाको ठोरीसम्म पुग्ने हुलाकी सडकको काम पनि भईरहेको छ । महानगरभित्र पर्ने हाकिमचोक जगतपुर सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको ६ मिटर सडकलाई ७ मिटर कालोपत्रे बनाउने र बाँकी ९ किमि सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।

    चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ भने चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ । दाहालका अनुसार ६५ किलोमिटर लिङ्करोडको काम अघि बढिरहेको छ । यसैगरी भरतपुर महानगरपालिका वडा नं. २० मा प्रदेशस्तरको उद्योगग्राम र वडा नं. २१ पार्वतीपुरमा संघीय उद्योग ग्राम निर्माण अघि बढेको छ । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शवदाह स्थल बन्दै छ ।

    महानगरपालिकाभित्र नै नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माणको काम धमाधम भईरहेको दाहालले जानकारी दिनुभयो । महानगरभित्र विभिन्न आयोजना गरी खानेपानी तर्फ मात्रै रु. २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा रहेको उहाँको भनाई छ । महानगर पूरै क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भईरहेको उहाँले बताउनुभयो । महानगरभित्र रहेको संघीय भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर जस्ता स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीका लागि महानगरले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    महानगरभित्र नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन निजी क्षेत्रमार्फत् सम्पन्न गर्न बोलपत्र आव्हान भई प्राविधिक प्रस्ताव समेत पारित भईसकेको छ । ३० वर्षका लागि निजी क्षेत्रलाई उक्त भवन निर्माण र सञ्चालन गर्न दिन लागिएको हो । दाहालका अनुसार सो परियोजनाका लागि निजी क्षेत्रले रु.१ अर्ब ७५ करोड हाराहारी खर्च गर्नेछन् । जहाँ पाँच तारे होटलदेखि अन्य महत्वपूर्ण व्यवसाय रहने छन् ।

    उहाँले भन्नुभयो “यो महानगरको गहना हुनेछ ।” यस्तै महानगरको भरतपुरमा हाल रहेको विमानस्थल विस्तारका लागि काम शुरु भएको छ । विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्न लागिएको उहाँले बताउनुभयो ।

    महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा स्तानान्तरण गर्नुपर्ने नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्रका लागि वैकल्पिक जग्गा समेत तयार गरिसकेको छ । महानगरपालिकाको मुख्य शहरी क्षेत्रका सडकहरुमा रु ११ करोड ४९ लाख ८९ हजार लागतमा स्मार्ट बत्ती जडानको काम पनि शुरु हुन थालेको छ । उक्त योजनाको बोलपत्र आव्हान भई काम अघि बढिरहेको छ । महानगरका उपप्रमुख पार्वती शाहले जनप्रतिनिधि आएसँगै महानगरको योजनाबद्ध विकास अघि बढेको बताउनुभयो ।

    उहाँले आवश्यकता र औचित्यका आधारमा विकासलाई अघि बढाईएको बताउँदै भन्नुभयो “महानगरमा ठूला आयोजनासँगै साना धेरै आयोजनाहरु अघि बढिरहेका छन् ।” महानगरभित्र अधिकांश सडक कालोपत्र गर्ने काम भईरहेको भन्दै उहाँले व्यवस्थित विकासमा महानगर जुटिरहेको बताउनुभयो । देशकै नमूना शहरका रुपमा भरतपुरलाई विकास गर्ने गरी योजना अघि बढाईरहेको उहाँको भनाई छ । यस क्षेत्रका प्रदेशसभा सदस्य विजय सुवेदीले तीन तहको सरकारको समन्वयमा भौतिक विकासका काम अघि बढिरहेको बताउनुभयो ।

    यहाँका स्थानीयले पनि विकासमा सहभागीता जनाउँदै साझेदारीको रुपमा काम गरिरहेको भन्दै उहाँले भन्नुभयो “भरतपुरमा विकासको गतिमा छ, यसले अग्रगमन लिईरहेको छ ।” महानगरको धेरै भाग पर्ने चितवन क्षेत्र नं. ३ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनु भएको हो । उहाँकै पार्टीको नेतृत्वको सरकार भएकाले पनि विकासका ठूला आयोजना अघि बढ्न सहयोग पुगेको स्थानीयको बुझाई छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.