काठमाडौँ । नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभएको बताएका छन् । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले पार्टी विभाजन नभई स्वार्थी तत्वहरु मात्र चोइटिएका बताएका हुन् ।
‘बुटवलमा जुटेको जनमत पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ’ उनले भने, ‘स्वार्थी तत्वहरु चोइटिएका मात्र हुन् ।’ संसारका संविधानसँग तुलना गर्दा नेपालको संविधान लोकतान्त्रिक र अग्रगामी रहेको पौडेलको दाबी छ ।
आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न उनले आग्रह गरे।








