काठमाडौं । विनयजंग बस्नेत विरुद्ध बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् । आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । ‘अभद्र व्यवहार गरेको भन्दै उनले उजुरी दिउकी हुन् ।
बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए । सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए । सोही क्रममा केही महिनाअघि उनीहरुबीच तिक्तता आएको थियो । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्ने गर्थिन् ।








