काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै गण्डकी तथा बाग्मती प्रदेशको मौसामा पनि आंशिक बदली रभएको छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । देशका बाँकी पहाडी भू–भागका धरैजसो स्थानहरुको मौसममा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








