काठमाडौं । आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको हो । त्यस्तै तेजावी सुन आज ९० हजार २०० रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने बढेको छ ।
हिजो प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।








