हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५ बाट सालको गोलिया बोक्ने अटोसहित २ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अटो चालक हेटौंडा–१५ का २४ बर्षीय बुद्ध लामा लोप्चन र अटोमा सवार स्थानीय २५ को बिक्रम रुम्बा रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गतेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित चित्रपानी सामुदायिक बनवाट सालको गोलिया काटि प्रदेश ३–०३–००१ ह ०१४० नम्बरको अटोमा लुकाई छिपाई ओसारिरहेको अवस्थामा २.५० क्यु. फिट सालको कोठसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय मकवानपुर पठाईएको छ । त्यस्तै प्रहरीले जंगलमा बेवारिसे अवस्थामा फेला पारेको २०.५४ क्यु फिट सालको काठ वन कार्यालयमै पठाईएको प्रहरीले जनाएको छ ।








