• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘संसद पुर्नस्थापना नभए देश अराजकताको भुमरीसँगै अतिवादमा फस्ने छ’ : अध्यक्ष दाहाल

  •   मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री ओलीले माडीमा राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्येश्यले ल्याईएको बताएका छन् ।

    चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्र्तक्रियामा बोल्दै उनले मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए । उनले भने–‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ।’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिदैं उनले त्यसमा सबैभन्दा बढी सहयोग आफुले गर्ने बताए ।

    राम मन्दिर बनाउने कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउन अभियान चलाउन मात्र ल्याइएको भन्दै उनले त्यस्तो हो भने ओली आफैं गड्ढामा पर्ने उल्लेख गरे । भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको उनले सुनाए ।

    पत्रकारहरुको जिज्ञासामा संसद पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाई नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु कि मलाई प्रधानमन्त्री हुने लोभ नै छैन्, यो भ्रम कसैलाई नपरोस भन्दै प्रचण्डले आन्दोलनको नेतृृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत रहेको औल्याए । यो आन्दोलन लोकतन्त्र र संविधान बचाउनका लागि रहेको बताउदैं उनले अहिले हासिल यो उपलब्धी धेरै ठुलो संघर्षबाट आएको दोहो¥याए । अन्य दलसंग संयुक्त आन्दोलनको सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर, रामचन्द्र जीसंगै र जसपाका केही नेताहरुसंगै पनि कुराकानी भईरहेको बताउदैं ढिलोचाँडो संयुक्त आन्दोलन हुने विश्वास व्यक्त गरे ।

    अलोकतान्त्रिक र असंवैधानिक कदम मार्फत चुनाव नै भए त्यो पनि असंवैधानिक, अवैधानिक हुने तर्क राख्दै उनले भने–‘अहिलेको अवस्था त संविधान ‘डिरेल’ हुने हो कि भन्ने खतरा पैदा भएको छ, त्यसलाई ट्रयाकमा ल्याउन नै यो आन्दोलन, संघर्ष भईरहेको छ । अहिलेको कदम नसच्चिए अब हुने चुनावबाट आउने प्रधानमन्त्रीले जतिबेला पनि संसद विघटन गर्न सक्छ, र त्यो नजिर बन्ने पनि भएकाले यो दुष्प्रयासलाई कदापी सफल हुन दिनुहुदैंन ।सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने संचारकर्मीले बारम्बार गरेको प्रश्नमा अध्यक्ष दाहालले देश अराजकताको भुमरीमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलने खतरा रहेको बताए ।

    अर्को प्रश्नमा उनले निर्वाचन आयोगले आफैले ४४१ जनाको केन्द्रिय कमिटि रहेको फैसला गरिसकेकाले यसको बहुमतलाई मान्यता दिनैपर्छ भन्दै आफ्नो अडान दोहो¥याएका छन् । माडीलाई मणी बनाउने कुरा आफुहरुले गरेकै हो बताउदैं उनले माडीमा विकास जति हुनुपर्ने हो त्यति नभएकोमा प्रधानमन्त्री ओली नै दोषी रहेको आरोप लगाए । उनले भने–‘माडीमा विकास नभएको पनि हैन, माडीमा अहिले सडक, पुलपुलेसाका काम धमाधम भईरहेको र विकासको लहर पनि चलेको छ ।’ माडीको कृषि क्षेत्रमा विविधिकरण गर्न युवाहरुमा पनि जागरण बढेको बताउदैं उनले प्रधानमन्त्री ओलीजीको विकास विरोधी, निषेधात्मक, प्रतिक्रान्तिकारी सोचका बाबजुद पनि माडीमा भएको विकासले आफु सन्तुष्ट रहेको बताए ।

    उनले विगतमा कृषि र भुमि मन्त्रालय एउटै रहेको उल्लेख गर्दै त्यही समयमा सुकुम्बासी र भुमि सम्बन्धी समस्या समाधानका लागि आफुले पहल गरिरहेकै बेला प्रचण्डले अब कृषि र भुमिमा क्रान्ति ल्याउने भो भन्दै तत्कालिन मेरो र सबैभन्दा ईमान्दार मन्त्रीलाई हटाएर दुईवटा मन्त्रालय बनाए । आफु कृषि सम्बन्धी नै अध्ययन गरेको र त्यसमा पनि यो विषयमा आफ्नो चासो रहेकोले प्रचण्डले यो क्षेत्रमा क्रान्ति गर्ने भयो भन्दै ओलीले नयाँ भुमि ऐन ल्याउन नदिएको आरोप पनि लगाए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.