काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो तीन बजे बस्ने छ । आजको बैठकमा संसद विघटनविरुद्ध भएका हालसम्मका आन्दोलनको समिक्षा तथा अबको रणनीतिमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बुधबार पनि बैठक बसेको थियो । उक्त बैठकमा कार्यसमितिको म्याद ६ महिना थप गर्ने सहमति भएको थियो । १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको हो ।








