नवलपुर । नेपाली काग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कागँ्रेस कम्युनिष्टसंग कहिल्यै नमिल्ने बताउनुभएको छ । शुक्रवार नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले बर्तमान समयमा कम्युष्टिले आफ्नो रुप देखाएको र पार्टी भित्रै विवाद र फुटको अवस्था आएको कारर्ण काङँग्रेस नत माधव प्रचण्डसंग मिल्छ न त ओली पक्षसंग ।
काग्रेसले २०४७ सालको आन्दोलमा कम्युनिष्टसंग मिलेको बताउदै त्यो मिलन काग्रेसका लागि ठुलो दुरभाग्य भएको बताउनुभयो । इतिहासले नै प्रष्ट देखाएको कारण पनि कांग्रेस कम्युनिष्ट संग कहिलै नमिल्ने बताउनुभयो । नेकपा सरकारले जनता र देशका लागि हाल उपलब्धी मुलक कुनै काम नगरेको बताउदै आफैमा तछाडमछाड चलेको बताउनुभयो ।
अबको चुनावमा काग्रेसले बहुमत ल्याउने भन्दै कांग्रेस भित्र पनि एकमत हुन आवस्यक रहेको बताउनुभयो ।








