काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ।देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।
प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








