• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै

  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लामा बर्षेनि आत्महत्या गर्नेको संख्या अत्यधिक हुदै गएको छ । प्रहरीको तथ्याङ अनुसार चालु आ व २०७७÷७८ को चालु ७ महिनामा मात्रै १ सय २० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा ६६ जना पुरुष र २९ जना महिलाहरुले आत्महत्या गरेका छन् भने २ जना १६ वर्ष मुनिका बालक र ३ जना बालिका रहेका छन् ।

    आत्महत्या गर्नुको प्रमुख कारणमा बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्यालगाएत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले बताउनुहुन्छ । थापाले भन्नुभयो ‘बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर पुरा नहुने, व्यवसायमा असफता, श्रीमान श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन्,’ ।

    यस्तै आफूले गर्न खोजेको काममा चाहेजस्तो सफलता हाँसिल गर्न नसक्दा पनि मानिसहरु मानसिक रोगको शिकार हुने र त्यो अवस्थामा सहि र गलत छुट्याउन नसक्दा आत्महत्याको बाटो रोज्ने गरेको भेटिएको प्रवत्ता थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘आफ्ना समस्याका समाधान तथा अन्य विकल्पहरु छन् भन्ने कुराहरु सोच्न नसक्ने अवस्थामा पुगेपछि आफूलाई नै अन्त्य गर्नतिर लाग्छन् । आत्महत्यालाई नै उनीहरू उत्तम विकल्प ठान्छन् ।’ यस्तै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने गरेको थापाको भनाई छ ।

    वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

    समुदायका हेरक नागरिकले जीवनको मूल्य, परिवारप्रति, समाजप्रतिको दायित्वका साथै जिम्मेवारीको विषयमा बुझ्न आवश्यक रहेको डिएसपी थापाले बताउनुभयो। मनिसमा भएको जटिलतालाई परिवार, समाजले विश्लेषण गरेर सहयोग गर्न सकेमा दैनिक हुने आत्महत्यालाई घटाउन सकिने डिएसपी थापाको भनाइ छ ।

    हालको कानुनमा आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिलाई अपराधिकरण गरेको अवस्था पनि रहेको उहाँले बताउनुभयो । समाजमा परिवारमा कसैको व्यक्तिगत जीवनमा, आफ्नो मान, प्रतिष्ठामा ठेस पुर्याइ कोही(कसैलाई आत्महत्या गर्न बाध्य बनाएको अवस्था देखिए कानुनले दण्डनिय गर्ने डिएसपी थापाको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.