काठमाडौं । हाल नेपालभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशका केही पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।
त्यसैगरी आज राती प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








