काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








