काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला फेरि पक्राउ परेका छन् । अदालतले रिहा गर्न आदेश दिए लगत्तै बास्तोलालाई प्रहरीले गरेको हो । सर्वोच्चको आदेश लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतकै गेटबाट पुनः पक्राउ गरेको हो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो।








