हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिकालागि स्थानीय तह जिम्मेवार र क्रियाशील हुनुपर्ने बताएका छन। सोमबार चितवनमा आयोजित बालअधिकार सुनिश्चितता सम्बन्धी प्रदेशस्तरिय गोष्ठीलाई सम्बोधनका मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र कृयाशिल हुनुपर्ने बताएका हुन ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निती बनाउने र अन्य सहयोग गर्ने भए पनि कार्यान्वयन गर्ने स्थानीय तह नै भएकाले स्थानीय सरकार कृयाशिल हुन जरुरी रहेको उदघोष गरेका हुन।उनले स्थानीय सरकार जिम्मेवार नबनेसम्म सिंगो मुलुकको विकास हुन नसक्ने भन्दै स्थानीय सरकारको कृयाशिलताले नै मुलुकलाई अगाडी बढाउने र समृद्धि हासिल गर्न सकिने बताए।








