चितवन । संसद पुनर्स्थापना भएको खुशीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाए लगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साँटेका हुन् । त्यसबेला उनीहरु चितवनमा थिए ।








