काठमाण्डौ । सभामुख अग्नि प्रसाद सापकोटाले अदालत प्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । सर्वोच्चले संसद पुर्नस्थापना गर्ने परमादेश जारी गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन भनेपछि सभामुख सापकोटाले संसद बैठकको विषयमा सबै पक्षसँगको छलफल पछि अघि बढ्ने बताउनुभएको छ ।
अदालतमाथि सबैको विश्वास भरोसा थियो र अदालतले जनताको मन भावना अनुसार फैसला गरेको सभामुख सापकोटाले बताउनुभयो । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपुर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमापनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।
सर्वोच्चको फैसलाले समस्त नेपालीजनता, संविधानवादको जितभएको र नेपाली जनतामा अदालत प्रतिको विश्वास झन् बढेको पनि बताउनुभयो ।








