काठमाडौं । नेकपा नैतिक रुपमा दुई समूहमा विभाजन भएर तथस्त रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने बताए। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले पदबाट तुरुन्त राजीनामा दिन सुझाव दिएका हुन। उनले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न पनि माग गरेका छन्।









