काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दा राम्रो हुने बताएका छन् । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले सर्वोच्च अदालतले फैसला सुनाइसकेकोले ओलीले पद छोड्दा उपयुक्त हुने बताएका हुन् ।
‘अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत पुर्याउनुपर्यो होइन भने त छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर उसो गर हामीले भन्ने होइन। उहाँको पार्टीको कुरा हो’ देउवाले भने। बिहीबारको लागि पदाधिकारी बैठक बोलाएका देउवाले छिटै संसदीय दलको बैठक पनि बोलाइने जानकारी दिए ।








