काठमाडौं । प्रतिनिधिसभाका सांसदरुहले पुस ६ गतेदेखिको तलब पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएसँगै सांसदहरुले यस अवधिको तलब एकमुष्ट रुपले पाउने भएका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
तर, यही मंगलबार सर्वोच्चले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको फैसला सुनाएको थियो । सांसदहरुसहित समितिका सभापति र दलका सचेतकहरुले पनि यस अवधिको तलब पाउने भएका छन् । तलब केहिदिनमा सांसदहरुको खातामा जम्मा हुने संसद सचिवालयले जनाएको छ ।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ।








