काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश- १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको उल्लेख गर्दै पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहेको छ । तराईका केही भागमा हुस्सु-कुहिरो लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार पहाडी भू–भागमा बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने छ ।
शनिबार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्टयाङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।








