• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

४० हजार र्‍यापिड टेष्ट भइसक्यो,अझै छैन गुणस्तर परीक्षण

  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण भए÷नभएको परीक्षण गर्न प्रयोग भइरहेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट को अझै गुणस्तर प्रमाणित नगरेको पाइएको छ ।

    ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री खरिद सम्झौता विवादमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएको थियो ।

    मन्त्रालयले १९ चैत २०७६ मा ओम्नी समूहले ल्याएको ७५ हजार किट गुणस्तर निक्र्योलपछि मात्रै प्रयोग गर्ने भनेको थियो ।

    मन्त्रालयका विज्ञ सल्लाकार डा. खेम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने,’ उल्लेख छ ।

    यही विज्ञप्तिबाट स्पष्ट हुन्छ ४० हजार बढी आरडीटी टेष्ट गरिसक्दा पनि गुणस्तर परीक्षण नगरिएको ।

    परिषदले पनि भन्यो– गुणस्तर परीक्षण भएको छैन

    गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने भनेको एक हप्तामै मन्त्रालयले आरडीटी किटहरु प्रदेशहरूमा पठाउन सुरु गर्‍यो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रत्येक प्रदेशमा पाँच हजारका दरले किट पठाइएको जानकारी २७ चैतमा गराएका थिए । मन्त्रालयका अनुसार शनिबार साँझसम्म ३९ हजार ६७० वटा आरडीटी प्रयोग भइसकेको छ ।

    ‘तर हामीले गुणस्तर जाँचेर प्रयोग योग्य भनेका छैनौ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका एक अधिकारीले भने ।

    परिषदका अधिकारीहरूका अनुसार किटको गुणस्तर परीक्षण गर्न कम्तिमा दुई हप्ता लाग्छ । किट प्रयोग गर्ने क्रममा परिषदले सरकारसँग आडीटीको ६०० नमुना माग पनि गरेको थियो । परिषद्का एक अधिकारी भन्छन्, ‘हामीले सबै नमुना समयमै प्राप्त गरेको भए फास्ट ट्रयाकबाट काम गर्दा १५ दिनसम्ममा नतिजा पठाउन सक्थ्यौं ।’

    तर अहिलेसम्म नमुना नै पाएको छैन ।

    परिषद्मा प्रा. डा. प्रकाश घिमिरेको अध्यक्षतामा २० सदस्यीय इथिकल रिभ्यु बोर्ड छ, जसले गुणस्तर जाँचसम्बन्धी काम गर्छ ।

    दुई लाख आरडीटी किन्दै सरकार

    ओम्नी समूहमार्फत आएको सबै किट प्रदेश र स्थानीय तहहरूमा पुगिसकेका छन् । आरडीटीले नेगेटिभ देखाएकोलाई पीसीआरले पोजेटिभ र पोजेटिभलाई नेगेटिभ देखाएका थुप्रै केस आइसकेका छन् ।

    एन्टीजेन कीट ल्याउनुपर्नेमा ओम्नीले एन्टीबडी ल्याएपछि कोरोना नभएकालाई भएको र भएकालाई नभएको देखाएको विज्ञहरूको भनाइ छ ।  निगरानीका लागि मात्रै प्रयोग हुने एन्टीबडी किट सरकारले कोरोना पहिचानका लागि प्रयोग गरेको भन्दै विज्ञहरूले विरोध गर्दै आएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.