चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद पुर्नस्थापना भएसंगै छिट्टै दलहरुबिच सहमती हुने बताउनु भएको छ । आज भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दैै उहाँले हालसम्म जे जस्ता गतिबिधी देखिएपनि दलहरुमा सहमति जुट्ने र संसदले पनि निरन्तरता पाउने बताउनुभयो ।
संसद बैठक आव्हानका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरीसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “पहिले जसरी संसद चलेको थियो । त्यही अनुसार संसद चल्छ । अब पार्टीहरुका बिच छलफल र समझ्दारी हुन्छ ।” राष्ट्रपतिवाट संसद आव्हान भएसंगै कार्यव्यवस्था समितिको वैठकबाट परामर्श गरि पुरानै तवरले संसद सुचारु गर्ने पनि उहाँको भनाई छ । राजनैतिक दलको बिबादले संसदिय प्रक्रियालाइ कुनै असर नगर्ने र आफुले बैठकमा सहजीकरण गर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “मैले सहजीकरण गर्ने कुरा हो गर्छु । राजनैतिक दलको विवादले संसदिय प्रक्रिया रोकिदैन ।” संसद बिघटनको समयमा भएका नियुक्तिको बिषयमा अदालतमा वहस चलिरहेकोले अहिले अन्य टिका टिप्पणी आबश्यक नरहेकोमा उहाँले जोड दिनुभयो ।








