काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला८८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ५ सयले घटेर ८८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८७ हजार ८५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








