काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान सर्वोच्च पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरामा आयोजित सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए ।
गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । त्यसपछि उनी आज लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएका हुन् ।








