काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक बसिरहेको छ । केहिसमय अघिबाट सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको स्रोतले बताएको छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।
संसद् पुनस्र्थापना भएसँगै संसद् कैठकको मिति नजिकिँदै गएको छ । सरकारले २३ फागुनमा बैठक बोलाउन सिफारिस गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो । प्रचण्ड–नेपाल पक्षले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग पनि छलफल गरिरहेकाे छ ।








