काठमाडौँ । लगातार घटिरहेको सुनको मूल्यमा आज नेपाली बजारमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सयले बढेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८८ हजार २५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








