काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगलाई पार्टीको आधिकारिकताको विषय छिटो टुंगाउन ध्यानाकर्षण गराउने भएको छ ।
प्रचण्ड-नेपाल पक्षको सोमबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता तत्काल निरुपण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । साथै बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिन छिटै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले केन्द्रीय कमिटीको बैठक फागुन १९ गते दिउसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा बस्ने निर्णय गरेको छ ।








