काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार ७ सयले घटेर ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८६ हजार ६५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ४० रुपैयाँले घटेर एक हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








