चितवन । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले दाजुभाइले राजनिति गर्नु हुँदैन भन्ने छैन् भन्नुभएको छ । आज भरतपुर बिमानस्थलमा पत्रकारहरुसगँ कुरा गर्दै उहाँले हामी दाजुभाइले सल्लाहा गरेर उमेदवार उठ्छौ भनुभयो । उहाँले काङ्ग्रेसले सरकार केन्द्रित नभई महाधिवेशन केन्द्रित हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेता कोइरालाले संबिधानले तोकेको समय समेत अधिबेशनका लागि खर्च भई सकेको भन्दै भदौमा महाधिबेशन हुने बताउनुभयो ।उहाँले भन्नुभयो “महाधिबेशन हुन्छ । संबिधानले दिएको समय समेत हामीले लियौ ।” अब महाधिबेशनलाई रोक्न सकीदैन् । उहाँले अहिले काङ्ग्रेस सरकारमा जान नहुने बताउनुभयो ।
उहाँले काङ्ग्रेस सरकारमा जाने बिषयमा नेकपाको बिबाद निर्वाचन आयोगले टुङ्गाउन आबश्यक रहेको बताउनुभयो । उहाँले नेकपाको बहुमत रहेको अवस्थामा सरकारमा कसरी जाने भन्नुभयो ।








