काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले बढेर ८७ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








