काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला र औँठी बरामद गरिएको छ । सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाको थकाली भन्छाघर नजिक आई हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई तीन थान सुनको बाला र दुई थान औँठी अबैध रुपमा लैजादैँ गर्दा बरामद गरिएको हो ।
प्रहरीले स्याङ्जा चापाकोट न.पा.वडा नं. ६ स्थायी घर भएका नगेन्द्र कुमार रानालाई पक्राउ गरेको छ । सुनसहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।








