काठमाडौँ । नेपाल सरकार र प्रतिवन्धि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र नेकपा विप्लव समूहविच जारी बार्ताटोलीका तर्फबाट प्रेस नोट सार्वजनिक गर्दै सहमति पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
सहमतीमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनितिक बिषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, सम्पूर्ण राजनितिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाईएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दिको रिहाई र मुद्दा खारेजी गर्ने उल्लेख गरिएको छ ।
यस्तै प्रेस नोटमा सहमतिको विस्कतृत विवरण भोली फागुन २१ गते शुक्रबार दिउँसो २ बजै विशेष कार्यक्रममको आयोजना रि सार्वजनिक गरिने जनाईको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने प्रेस नोटमा उल्लख गरिएको छ । प्रेस नोटमा सरकारका तर्फबाट बार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टीका प्रवक्ता तथा वार्ता टोलीका प्रमुख प्रकाण्डले हस्ताक्षर गरेका छन् ।









