काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा १ हजारले घटेर ८६ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








