नवलपुर । नवलपुरको कावासोती १६ चालिस किलो जंगल स्थित राजमार्गमा चेकजॉच गर्ने क्रम पश्चिमबाट पूर्वतर्फ आउ‘दै गरेको ना ७ ख ६८१ नं को बसमा यात्रा गरी आएका २ जनालाई लागुऔषध सहित नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा गैडाकोट ५ बस्ने बर्ष ३० का तारा बुढामगर र बाग्लुङ्ग घर भइ हाल गैडाकोट ५ बस्ने बर्ष २८ का प्रेम कुमार राना रहेका छन । उनीहरुको साथबाट प्रहरीले ६० एम्पुल डाईजापाम,६० एम्पुल फेनारगन,६० एम्पुल नुफ्रिन लागु औषध बरामद गरेको प्रहरी जनाएको छ ।
दुवैलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्र्तगत अनुसन्धान अघि बढाएको छ ।








