काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बिहीबार दिउँसो नेताहरु पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिन र प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोग पुगेका हुन् ।
प्रचण्ड नेपाल पक्षबाट लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेता आयोग कार्यालय पुगेका हुन्। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित भएको छ।








