नवलपुर । नवलपुर प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका १३ निवासी २५ बर्षीय नितेश ठकुरी, २१ बर्षीय साजन श्रीमल र भरतपुर महानगरपालिका ९ निवासी २१ बर्षीय राजेन्द्र खण्डकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ११०÷११० एम्पुल डाइजापाम, फेनरागन र नुर्फिन नामक लागुऔषध बरामद गरेको जनाएको छ । प्रहरीले सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ८७६३ नम्बरको बसमा रहेको ३ जनलाई मध्यविन्दु नगरपालिका ८ गुडारखोला नजिकैबाट विहीबार विहान लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।








