काठमाडौँ । नेपाली बजारमा लगातार घटिरहेको सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँले घटेर ८५ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








