चितवन । चितवनमा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले सूचना प्रवाहलाई सहज बनाउने बताउनुभएको छ । नागरिकमैत्री सेवा प्रवाह तथा सूचनाको हक कार्यान्वयनका सम्बन्धमा प्रतिबद्ध रहेको लामिछानेले बताउनुभयो । सिडीओ गृहमन्त्रालयबाट सरुवा भएर तीन दिन मात्र आफ्नो कार्यभार समालेक प्रजिअ लामिछानेले आज (शुक्रबार ) पत्रकारहरु संगको भेटधाटका क्रममा यस्तो बताउनु भएको हो ।
उहाँले ऐनले दिन नमिल्ने भनेका बाहेक सबै प्रकारका सूचनाहरु उपलब्ध गराउने बताउनुभयो । जिल्लाका गतिविधिको बारेमा जानकारी लिइरहेको भन्दै लामिछानेले आफूले मुखले भन्दा पनि कामलाई व्यवहारमा देखाउने बताउनुभयो । उहाँले यहाँका नागरिकहरुले महसुस गर्नेगरी काम गर्ने र जिल्लाको शान्ति भङ्ग हुन नदिने बताउनुभयो ।
जिल्लाको शान्ति, सुरक्षाका विषयमा व्यवहारले प्रमाणित गर्ने बताउनुभयो । प्रजिअ लामिछानेलाई जिल्लाका संचारकर्मीहरुले यहाँको वस्तुस्थीतिको बारेमा जानकारी गराउदै सुशासन कायम गर्न लागि पर्न सुझाव दिएका थिए ।








