काठमाडौँ । नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन् ।
बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने स्रोतले बताएको छ । बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । यस्तै, शुक्रबार विभाजित नेकपाकै प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बसेको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।








