काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ५ सयले बढेर ८६ हजार १ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८५ हजार ६५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








