काठमाडौं । नेकपा नेता भीम रावलले प्रधानमन्त्रीको दलीय हैसियतबारे प्रश्न गरेका छन् । पुनर्स्थापनापछिको पहिलो संसद बैठकमा नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीको भन्दै प्रश्न गरेका हुन् ।
प्रधानमन्त्रीको राजनीतिक दल अस्पष्ट भएको र सरकारलाई कुन दलको रुपमा बुझ्ने भन्दै उनले प्रश्न गरे । सरकारले सम्पूर्ण रुपमा आफ्नो वैधता गुमाइसकेको उनको भनाइ थियो ।








