काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो पक्षले बैठक बोलाएको हो । सो पक्षले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो ।








