काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ सयले बढेर ८६ हजार २ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








