• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि महानगरपालिका योजनावद्ध ढंगले अगाडि बढिरहेको छ : मेयर दाहाल

  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित भएर योजनावद्ध ढंगले अगाडि बढिरहेको बताएकी छन् । राष्ट्रिय माध्यामिक विद्यालय कृष्णपुरमा ४ कोठे भवनको शिलान्यास गर्दै प्रमुख दाहालले शिक्षाको गुणात्मक विकासले मात्र समृद्धि हासिल गर्न सकिने बताइन् । उनले त्यसलाई आत्मसात गर्दै भरतपुर महानगरपालिका अगाडि बढिरहेको स्पष्ट पारिन् । ‘म जनप्रतिनिधि भएर भरतपुर महानगरमा प्रवेश गरेसंगै यहाँको समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढिरहेकी छु,’ उनले भनिन् । प्रमुख दाहालले आवश्यकता रहेका विद्यालयहरूको पहिचान गरी कार्यान्वयन गरेकै कारण पछिल्ला वर्षहरूमा सार्वजनिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको रोजाइमा परिरहेको दावी गरिन् ।

     

    उनले विद्यालय भवन निर्माण, मर्मत तथा कक्षा कोठाको स्तरवृद्धि, खेल मैदान निर्माण, पार्क तथा बगैँचा निर्माणका लागि शौचालय र शुद्ध पिउनेपानीको व्यवस्था लगायतमा विशेष चासो दिइराखेको उल्लेख गरेकी थिइन् । सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरपालिकाले गौरवका आयोजनाको रूपमा अगाडि सारेको सिटीहल, रिङरोड, लिङ्करोड, पुलचोक गोन्द्राङ ६ लेन सडक, व्यवस्थित साइकल लेन सहितको नमुना सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदी किनारलाई ‘सी बिच’ मोडलको नमुना पर्यटकीय केन्द्रका रूपमा भैरहेको विकास नगरवासीका लागि शुद्ध पिउने पानीको पहुँच पूर्याउन गरिएको पहल सामुहिक प्रयासले अगाडि बढिरहेको वताउदै उक्त आयोजनाहरू तिव्र गतिमा काम भैरहेको जानकारी दिईन् ।

    फरक प्रसंगमा प्रमुख दाहालले सर्वोच्च अदालतले गलत नजिर स्थापित गरेको भन्दै नेपाली जनताले लिएको समृद्धि, स्थायित्व र सुशासन सहित विकासको चाहनालाई यस्ता फैसलाले निरास बनाउने बताइन् । उनले अदालतको राजनैतिक फैसला सच्याउनुको विकल्प नरहेको भन्दै कसैलाई विचलित नहुन आग्रह समेत गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले कुरा थोरै र काम धेरै गर्ने बानी रहेको भन्दै यस भवन निर्माण गर्न महानगर प्रमुख रेनु दाहाल र संघीय संसद कृष्णभक्त पोखरेलको ठूलो योगदान रहेको जानकारी दिए ।

    उनले विद्यालयको भवन समयमै निर्माण सम्पन्न गरेर शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । अध्यक्ष काफ्लेले नगरप्रमुख रेनु दाहालको पहल र सक्रियतामा मध्य नेपालको नमुना सहरको रूपमा भरतपुर विकास भैरहेको बताउँदै विकासप्रेमी जनप्रतिनिधिहरूलाई विकास र समृद्धि हासिल गर्नमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जिल्ला कमिटी सदस्य भिमसेन देवकोटाले शिक्षक, अभिभावक, विद्यार्थी र सिङ्गो समाजको सामुहिक प्रयासले मात्र शिक्षा क्षेत्रले गुणात्मक फड्को मार्न सक्ने बताउँदै राज्यले शिक्षा क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उल्लेख गरे । उनले विद्यालयमा कक्षा कोठाको अभाव रहेको अवस्थामा संसद विकास कोष र भरतपुर महानगरपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गरेको प्रति धन्यवाद व्यक्त गर्दै समयमै भवन निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे । नेपाली कांग्रेसका वडा सभापति काशीराम अधिकारीले विद्यालयको शैक्षिक र पूर्वाधारमा गुणात्मक सुधार गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए ।

    विक्रम सम्बत २०२४ सालमा स्थापना भएको यस राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा कक्षा १ देखि १० सम्म पठनपाठन भैरहेको छ । विद्यालयमा छात्र –छात्रा गरी ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । संसद विकास कोष र भरतपुर महानगरपालिकाको लगानीमा ७० लाख रूपैयाँको लागतमा ४ कोठे पक्की भवनको शिलन्यास भएको होे । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.